अहिलेसम्म नाफा नगरेको ८ हजार ७० जनाले पाउने आइपीओ भदौ ४ देखि खुल्ने
काठमाडौं । अहिलेसम्म नाफा नगरेको लघुवित्त कम्पनीको आइपीओको बिक्री भदौ ४ देखि खुलेको छ ।
सर्लाही मुख्यालय रहेको समाज लघुवित्तको ८६ हजार कित्ता आइपीओको बिक्री भदौ ४ देखि खुल्ने छ । जसमा १ हजार कित्ता कर्मचारीलाई र ४ हजार ३ सय कित्ता सेयर सामुहिक लगानी कोषलाई आरक्षण गरिएको छ ।
बाँकी रहेको ८० हजार ७ सय कित्ता सेयर सर्वसाधारणको लागि खुलेको हो । यो सेयर गोलाप्रथाबाट नै बाँडफाँड हुने र मागभन्दा बढी आवेदन पर्ने हुँदा ८ हजार ७० जना आवेदकले मात्र न्यूनतम १० कित्ता सेयर पाउने छन् ।
समाज लघुवित्तले अहिलेसम्म नाफा भने कमाउन सकेको छैन । २०७५/७६ सम्म्मा २१ लाख १९ हजार घाटामा रहेको लघुवित्त गतवर्ष २४ लाख २८ हजार रुपैयाँले नाफामा जाने विवरण आह्वान पत्रमा उल्लेख छ ।
भदौ ४ देखि खुल्ने आइपीओको भदौ ८ गते बिक्री बन्द हुने छ ।