बिओकेको नाफामा कोभिड असर, नाफा २२ प्रतिशत घट्दा,एनपीएल बढ्यो



काठमाडौं । बैंक अफ काठमाण्डू(बिओके)को नाफामा कोभिडको असर देखिएको छ ।

बैंक स्रोतका अनुसार बिओकेको नाफा आर्थिक वर्ष २०७६/७७ मा आर्थिक वर्ष २०७५/७६ को तुलनामा २२ प्रतिशतले घटेको छ ।
बिओकेले आर्थिक वर्ष २०७६/७७ मा १ अर्ब ४७ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकको नाफा अघिल्लो वर्ष २०७५/७६ मा १ अर्ब ८९ करोड रुपैयाँ रहेको थियो ।

बैंकले सेयरधनीलाई बाड्न मिल्ने नाफा ८८ करोड रुपैयाँ गरेको जनाएको छ । यसबाट सेयरधनीलाई ११ प्रतिशत लाभांश बाड्न सक्छ ।

बैंकको खराब कर्जा अनुपात समेत बढेको छ । गतवर्ष १.५४ प्रतिशत रहेको एनपीएल यो वर्षको असार मसान्तमा २.३५ प्रतिशत पुगेको छ ।
बैंकले एकवर्षमा १० अर्ब निक्षेप बढाएर ९२ अर्ब १० करोड पुर्याएको छ भने कर्जा ५ अर्ब बढाएर ७५ अर्ब पुर्याएको छ ।


क्लिकमान्डु