भोलिदेखि भदौ १५ गतेसम्म मालपोत कार्यालय बन्द



काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले भोलिदेखि आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ ।

भूमिसुधार तथा मालपोत कार्यालय÷मालपोत कार्यालयहरुबाट हुने अत्यावश्यक र आकस्मिक बाहेकका सेवा प्रवाह साउन २८ गतेदखि भदौ १५ गतेसम्मका लागि स्थगन गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

विभागले उक्त अवधिमा कार्यालयको आन्तरिक÷प्रशासनिक कार्य भने सूचारु एवम् व्यवस्थित गर्ने तथा उपत्यका बाहिरका कार्यालयको सेवा प्रवाह प्रदेश सरकार÷स्थानीय प्रशासनको समन्वयमा स्वास्थ्य सुरक्षा मापदण्ड समेतको अबलम्बन गर्ने गरी प्रबन्ध मिलाउने व्यवस्था गर्ने मन्त्रिस्तरीय निर्णय भएको उल्लेख गरेको छ ।


क्लिकमान्डु