डिशहोमको द स्ट्रिङ्स शोको पहिलो राउण्ड सम्पन्न, छिटै टप १० प्रतिस्पर्धी छनौट हुँदै



काठमाडौं । डिशहोमले सुरु गरेको डिजिटल रेट्रो इङ्लिस सांगीतिक प्रतियोगिता त्जभ क्तचष्लनक को पहिलो राउण्ड सम्पन्न भएको छ ।

पहिलो राउण्डमा उत्साहजनक रुपमा थुप्रै प्रतियोगीहरुले सहभागीता जनाएकाम थिए ।

तीन राउण्डमा संचालन हुने सो सांगीतिक प्रतियोगीतामा ७० देखि ९० दशक सम्मको सफ्ट अंग्रेजी गीतहरु थुप्रै सहभागीहरुले गाएर डिशहोमको आधिकारीक फेसबुक पेजमा अपलोड गरेको छ । साथै, छिटै सम्पुर्ण सहभागीहरु मध्य बाट १० जना छनौट गरिने जनाइएको छ ।

प्रतियोगिताको निर्णायकहरु पेम्बा लेप्चा, निर्भाणा चौधरी र युलिया कोईराला छन् । सहभागीहरुले अपलोड गरेको भिडियोमा आएको अनलाईन भोटिङ्ग र उत्कृष्ट प्रस्तुतीको आधारमा निर्णायकहरुले उत्कृष्ट १० जना छनौट हुनेछन् दोस्रो चरणमा पुग्ने प्रतिस्पर्धी विचको सांगीतिक प्रतियोगीता अव झन उत्साहजनक र रोचक हुनेछ तेस्रो चरणमा प्रवेश गर्नका लागी र टप ५ भित्र समावेश हुनकालागी प्रतिस्पर्धीहरुले अझ उत्कृष्ट र दमदार प्रस्तुती देखाउनु पर्ने हुन्छ ।
विभिन्न समयमा डिशहोमले संचालन गर्ने यस्ता प्रतियोगीता मार्फत ग्राहकहरुले मनोरञ्जनका साथै आफ्नो प्रतिभालाई प्रस्तुत गर्ने माध्यम पनि पाउने गरेका छन् । ७० देखि ९० दशक सम्मको सफ्ट अंग्रेजी गीत मनपराउने सम्पुर्णले यस सांगीतिक प्रतियोगीता मार्फत भरपुर मनोरञ्जन लिनुहुन्छ भन्ने डिशहोमले अपेक्षा राखेको छ ।


क्लिकमान्डु