अब यी १० वटा नाकाबाट मात्रै नेपाल आउन पाइनेछ



काठमाडौं । सरकारले अब १० वटा सीमा नाकाबाट मात्रै नेपाल प्रवेश गर्न पाउने निर्णय गरेको छ । मंगलबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए ।

उनका अनुसार बैठकले गत जेठ १२ गतेको निर्णयमा २० वटा नाकाबाट नेपाल प्रवेश गर्न सक्ने भनिएकोमा त्यसलाई संशोधन गरी १० वटा नाकाबाट मात्रै नेपाल प्रवेश गर्न पाउने निर्णय गरेको छ ।

नेपाल भारत सीमावर्ती १० वटा नाकामा काँकडभिट्टा झापा, रानी नाका मोरङ, माडर सिराह, गौर रौतहट, बीरगञ्ज पर्सा, बेहलिया रुपन्देही, कृष्णनगर कपिलवस्तु, जमुना बाँके, गौरीफन्टा कैलाली जिल्ला र गठ्ठा चौकी कञ्चनपुर जिल्लाका नाकाबाट मात्रै अब नेपाल प्रवेश गर्न पाइनेछ ।


क्लिकमान्डु