अजोड इन्स्यारेन्सको नाफा ५० % बढ्यो, प्रति सेयर आम्दानी कति ?



काठमाडौं । गत आर्थिक वर्ष २०७६-७७ को चौथो त्रैमासमा अजोड इन्स्योरेन्सले ६ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

जुन अघिल्लो आवको सोही अवधिमा ५०.८५ प्रतिशतले बढी हो । अघिल्लो आवमा अजोडले ४ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यो अवधिमा इ्रन्स्योरेन्सले २७ करोड ७९ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा १५ करोड १५ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।

गत आवको चौथो त्रैमासमा इन्स्योरेन्सको चुक्ता पुँजी ७१ करोड ५० लाख रुपैयाँ रहेको थियो । असार २५ मा जारी गरेको ३० लाख कित्ता आइपीओ पनि चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुगेको छ ।

इन्स्योरेन्सको जगेडा कोषमा ४ करोड ५४ लाख रुपैयाँ छ । यस्तै महाविपत्ति कोषमा ७० लाख रहेको छ । बिमा कोषको आकार ६ करोड १६ लाख रुपैयाँको रहेको छ ।

प्रतिसेयर आम्दानी ८ रुपैयाँ ६८ पैसा रहेको इन्स्योरेन्सको प्रतिसेयर नेटवर्थ ११५ रुपैयाँ ९७ पैसा रहेको छ ।


क्लिकमान्डु