पछिल्लो दुई सातामा अमेरिकामा ९७ हजार बालबालिका कोरोना संक्रमित



अमेरिकामा जुलाईको अन्तिम दुई सातामा ९७ हजार बालबालिकामा कोरोना भाइरसबाट संक्रमित भएको छ । अमेरिकन एकेडेमी अफ पेडिएट्रिक्स तथा बालबालिका हस्पिटल एशोसिएसनले सार्वजनिक गरेको प्रतिवेदन अनुसार अन्तिम दुई सातामा ४० प्रतिशतले बालबालिकामा संक्रमण बढेको जनाएको हो ।

सार्वजनिक प्रतिवेदनका लागि अमेरिकाको विभिन्न राज्य र शहरमा अध्ययन गरेको थियो । संक्रमित बालबालिकाको उमेर राज्यअनुसार फरक रहेको अध्ययनले देखाएको छ । जसमा बालबालिकाको उमेर केवल १४ वर्ष र अर्को राज्य अलाबामा २४ वर्षको उमेर समूहका छन् ।

अधिकांश तथ्याङ्कमा स्कुलबाट फर्केका बालबालिकालाई कोरोना प्रभाव र युवाले कतिको कोरोना सार्न सक्छन् भन्ने विषयमा स्वास्थ्यकर्मीहरुले अध्ययन गरिएको थियो ।

यस्तै, जोर्जिया हाई स्कुलमा कोरोनाको बेला पढ्न जाने विद्यार्थीको भिड रहेको फोटो भाइरल भएको थियो । त्यहाँको प्रिन्सिपलको पत्र अनुसार विद्यालयमा भएको भिडभाडबाट ९ जना संक्रमित भएका थिए । जसमा ६ जना विद्यार्थी र तीन जना कर्मचारी सदस्य थिए ।

यसैगरी अमेरिकाका केही नेता तथा राष्ट्रपतिका अनुसार बालबालिकामा कोरोना भाइरसको धेरै असर नपर्ने बताएका छन् । तर, एक अध्ययनअनुसार ठूला बालबालिकाले पनि वृद्ध जत्तिकै भाइरस सार्न सक्ने सुझाव दिएका छन् ।

साथै, पाँच वर्षभन्दा साना बच्चाहरुले युवाहरूको तुलनामा बढी भाइरस सार्न सक्ने एक अध्ययले जनाएको छ । जसले गर्दा बालबाबालिकाले अझ बढी कोरोना सार्न सक्ने अर्को प्रश्न खडा भएको जनाएको छ ।

मे महिनामा अमेरिकामा कम्तीमा पनि ८६ बालबालिकाको मृत्यु भएको छ । गत हप्ता जोर्जियामा सबैभन्दा कम ७ वर्षीय बालक कोरोना भाइरसको सिकार बनेको थियो । साथै, फ्लोरिडामा यो महिनाको शुरुमा दुई किशोरकिशोरीको मृत्यु भएको थियो । त्यससँगै अमेरिकामा बालबालिकाको मृत्युको संख्या सात पुगेको छ ।

सीएनएन


क्लिकमान्डु