उपत्यकाभित्रने सबै नाका तत्कालै शिल गरौंः मेयर विद्यासुन्दर शाक्य



काठमाडौं । महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले उपत्यकाभित्रने सबै नाका शिल गर्नु पर्ने बताएका छन् । उपत्यकाभित्र संक्रमण नियन्त्रणमा ल्याउनका लागि सबै नाका शिल गर्नुपर्ने उनले बताए ।

उपत्यकामा समूदायस्तरमा संक्रमण अझैपनि कम देखिएको र यसलाई नियन्त्रण गर्न सबै नाकामा शिल गर्नुपर्ने मेयर शाक्यको तर्क छ ।

न्यूज एजेन्सी नेपालका संबाददातासँग कुराकानी गर्दै शाक्यले उपत्यकामा समूदायमा भन्दा बाहिरी जिल्लाबाट आएका व्यक्तिमा संक्रमण देखिएकाले त्यसलाई नियन्त्रण गर्न नाकामा शिल गर्नुपर्ने बताए । उनले अहिले नै शिल नगर्ने हो भने संक्रमण नियन्त्रण भन्दा बाहिर जान सक्ने बताए ।

‘उपत्यकामा संक्रमण फैलियो भने रोक्न धेरै गाह्रो हुन सक्छ । यहाँ घनाबस्ती छ । एउटै घरमा धेरै व्यक्तिहरु बस्छन । घरधनि एकजना छ भने त्यही घरमा बहालमा बस्नेहरु धेरैजना छन्,’ उनले भने ।

उनले बजारमा आवतजावत गर्दा एकव्यक्ति र अर्को व्यक्ति ठोकिने सम्भावना धेरैद रहने भएकाले तत्कालै उपत्यका शील गर्नुपर्ने अवस्था आएको बताए ।

‘उपत्यकालाई कडा गरौं । उपत्यका भित्र रहेका ४० लाख व्यक्तिमा खुकुलो गरौं तर केही व्यक्तिलाई काठमाडौंभित्र प्रवेश गराउँदा काठमाडौं एउटा शान्त तलाउ भनेका थियौं, शान्त पोखरीमा ढुंगा हानेजस्तो हुन्छ,’ उनले भने ।

उनले सरकाले लकडाउन खोलेपनि लामो दुरीका सवारीसाधन चलाउन नदिएकाले यसलाई एक किसिमको लकडाउन नै मानेर आवतजावत बन्द गर्नुपर्ने बताए । एक जिल्लाबाट अर्को जिल्लामा जान निषेध गर्नुभनेको संक्रमण फैलन नदिने भएकाले त्यसमा ध्यान दिन आग्रह गरे । उपत्यकामा अहिले पनि समुदायस्तरमा धेरै संक्रमण नदेखिएकाले यसलाई अहिले नै नियन्त्रण गर्नुपर्नेमा शाक्यले जोड दिए ।

लकडाउन खोलेको छ । तर सरकारले अहिलेपनि लमो दुरीका सवारीसाधन चलाउन सहमति दिएको छैन् । नदिनु भनेको अहिलेपनि लकडाउन नै हो । लकडाउनको स्वरुप फेरिएको उनको भनाइ छ ।

‘एउटा जिल्लाबाट अर्को जिल्लामा निषेध गरिएको छ । त्यसकारण अहिले काठमाडौंमा जतिपनि भेटिएका छन यहाँ अहिलेपनि समुदायस्तरसम्म धेरै पुगेको छैन्’ उनले भने ‘केही स्थानीय व्यक्तिमा भेटियो तर अहिलेपनि विभिन्न पेशा व्यवसायका लागि काठमाडौं बाहिरबाट आएकोमा देखिएको छ । त्यसकारण अहिलेपनि हामीले नियन्त्रण गर्नुपर्छ । यसलाई वास्ता नगर्ने, हेलचेक्रयाई गर्ने हो भने रोक्न गाह्रो हुन्छ ।’

मेयर शाक्यले महानगरपालिकाले भनेको निर्णय नागरिकले नमानेर लुकिछिपि आउने प्रवृतिले संक्रमणको अहिलेको स्थिति देखा परेको बताए ।


क्लिकमान्डु