आरम्भ चौतारी लघुवित्तको नाफा १३ % ले बढ्यो, खराब कर्जा कति ?



काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको नाफामा सुधार देखिएको छ ।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा २ करोड ८५ लाख ६६ हजार रुपैयाँ रहेकोमा गत आवको सोही अवधिमा ३ करोड २२ लाख ६४ हजार रुपैयाँ रहेको छ । यो अवधिमा संस्थाको नाफा १२.९४ प्रतिशतले बढेको छ ।

संस्थाको नाफा बढेसँगै खुद ब्याज आम्दानीमा सुधार देखिएको छ । अघिल्लो आवको चौथो त्रैमासमा ९ करोड ५३ लाख ७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गत आवको सोही अवधिमा आईपुग्दा १८ करोड ७९ लाख ६० हजार रुपैयाँ रहेको छ ।

यस्तै सञ्चालन मुनाफा अघिल्लो आवको चौथो त्रैमासमा ४ करोड ५५ लाख ५४ हजार रुपैयाँ रहेकोमा गत आवको सोही अवधिमा आईपुग्दा ५ करोड ७ लाख १ हजार रुपैयाँ रहेको छ ।

चुक्ता पुँजी २६ करोड रहेको संस्थाको जगेडा कोषमा ७ करोड २ लाख ६३ हजार रुपैयाँ रहेको छ । संस्थाका खराब कर्जा ०.५१ प्रतिशतबाट बढेर १.४४ प्रतिशतमा पुगेको छ ।

प्रतिसेयर आम्दानी १२ रुपैयाँ २५ पैसा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ ११५ रुपैयाँ ९८ पैसा रहेको छ ।


क्लिकमान्डु