सामुदायिक लघुवित्तको नाफामा भारी गिरावट, खराब कर्जा पनि उच्च वृद्धि



काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाको नाफामा धेरै नै गिरावट आएको छ ।

अघिल्लो आर्थिक वर्षमा २ करोड ३० लाख ६० हजार रुपैयाँ रहेकोमा गत आवको सोही अवधिमा १ करोड ३२ लाख २७ हजार रुपैयाँ रहेको छ । यो अवधिमा संस्थाको नाफा ४२.६४ प्रतिशतले घटेको छ ।

संस्थाको नाफा घटेपनि खुद ब्याज आम्दानीमा भने सुधार देखिएको छ । अघिल्लो आवको चौथो त्रैमासमा ७ करोड ६० लाख २ हजार रुपैयाँ खुद ब्याज आम्दानी रहेको गत आवको सोही अवधिमा आईपुग्दा ८ करोड ४० लाख ४० हजार रुपैयाँ रहेको छ ।

यस्तै सञ्चालन मुनाफामा भने गिरावट आएको छ । अघिल्लो आवको चौथो त्रैमासमा ३ करोड ६८ लाख ४७ हजार रुपैयाँ रहेको सञ्चालन मुनाफा गत आवको सोही अवधिमा आईपुग्दा १ करोड ९९ लाख ९४ हजार रुपैयाँ रहेको छ ।

चुक्ता पुँजी १० करोड रहेको संस्थाको जगेडा कोषमा ८ करोड ८१ लाख ८७ हजार रुपैयाँ रहेको छ । संस्थाका खराब कर्जा १.४५ प्रतिशतबाट बढेर ३.५८ प्रतिशतमा पुगेको छ । प्रति सेयर आम्दानी १३ रुपैयाँ २३ पैसा रहेको संस्थाकाे प्रति सेयर नेटवर्थ १८८ रुपैयाँ १९ पैसा रहेको छ ।


क्लिकमान्डु