सूर्य नेपाल प्रालिको आम्दानी १२.५ प्रतिशतले वृद्धि



काठमाडौं । सूर्य नेपाल प्रालिको आम्दानी १२.५ प्रतिशतले बढेको छ । कम्पनीले सन् २०१९ मा कुल ३७ अर्ब ४७ करोड रुपैयाँको आम्दानी गरेको छ । कम्पनीले सन् २०१८ मा ३३ अर्ब ३७ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

जसमा कम्पनीले उक्त अवधिमा खुद नाफा ९ अर्ब ८८ करोड ५० लाख रुपैयाँ गरेको छ । कम्पनीले अघिल्लो वर्ष ९ अर्ब १७ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

उक्त अवधिमा कम्पनीले नेट सेल्स पनि ४ प्रतिशतले बढेको छ । कम्पनीले सन् २०१८ मा २४ अर्ब २० करोड २० लाख रुपैयाँको नेट सेल्स गरेकोमा सन् २०१९ मा २५ अर्ब १२ करोड ३० लाख रुपैयाँको गरेको छ ।

मुलुकमा कोरोना भाइरसको महामारी न्यूनिकरण र रोकथामका लागि गरिएको लकडाउनका कारण उद्योग बन्द हुँदा यसले व्यवसायमा असर गर्दा प्रक्षेपित आम्दानीमा संकुचन आएको हो ।

कम्पनीले हालै ५ अर्ब ७४ करोड रुपैयाँको ऋणका लागि रेटिङ गराएको हो । कम्पनीले एक वान प्लस रेटिङ पाएको छ ।

सन् २०२०/२१ को बजेटले स्वास्थ्य जोखिम कर ५० पैसाले पुर्याएको छ । जबकी अघिल्लो बजेटमा उक्त कर प्रति चुरोट २५ पैसा मात्रै थियो । यसले पनि चुरोटको मूल्यवृद्धि गरेको छ ।

सूर्य नेपाल प्रालि सन् १९८६ देखि सञ्चालनमा आएको हो । जसमा भारतीय कम्पनी आईटीसी लिमिटेडको सबैभन्दा धेरै ५९ प्रतिशत सेयर छ । साथै ३९ प्रतिशत सेयर नेपाली कम्पनी तथा व्यक्तिहरुको छ भने २ प्रतिशत सेयर ब्रिटिस अमेरिकन टोबाको लिमिटेड कम्पनीको छ ।

कम्पनीले चुरोटसँगै सलाइ, अगरबन्दी तथा चकलेट उत्पादन गर्दै आएको । कम्पनीले ३० वर्ष चुरोट उत्पादन गर्दै आएको छ । जसमा हाल कम्पनीले सुर्य लेजेन्ड, सुर्य २४ क्यारेट, सूर्य लक्जरी, शिखर फिल्टर किङस, खुकुरी फिल्टर, पाइलट फिल्टर, विजुली फिल्टर, चौतारी नामक चुरोट उत्पादन गर्दै आएको छ ।


क्लिकमान्डु