सपोर्ट लघुवित्तको नाफा १५३ % ले बढ्दा कति छ खराब कर्जा ?
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
यो अवधिमा संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको चौथो त्रैमाससम्म संस्थाको नाफामा १५३.४९ प्रतिशतले बढेको छ ।
अघिल्लो आवको चौथो त्रैमासमा ५४ लाख ४९ हजार रुपैयाँ रहेको नाफा गत आवको सोही अवधिमा आईपुग्दा १ करोड ३८ करोड १३ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो आवको चौथो त्रैमासमा ४ करोड २ लाख ३८ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी मा गत आवको सोही अवधिमा ५ करोड ६६ लाख ७८ हजार रुपैयाँ रहेको छ ।
यस्तै सञ्चालन मुनाफामा पनि ८५ लाख ६४ हजारबाट बढेर गत आवको चौथो त्रैमासमा आईपुग्दा २ करोड १९ लाख २५ हजार रुपैयाँ रहेको छ ।
६ करोड ६० लाख रुपैयाँ चुक्ता पुँजी भएको संस्थाको जगेडा कोषमा २ करोड ३२ लाख २४ हजार रुपैयाँ रहेको छ ।
संस्थाको खराब कर्जा १.३६ प्रतिशतबाट बढेर ४.७५ प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी २० रुपैयाँ ९३ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ १९ पैसा रहेको छ ।