आरएसडिसी लघुवित्तको नाफा २३ % ले बढ्यो



काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासमा ७ करोड ८८ लाख ८७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

जुन अघिल्लो महिनाको सोही अवधिमा ६ करोड ४१ लाख ६७ हजार रुपैयाँ रहेको थियो । यो अवधिमा संस्थाको नाफा २२.९४ प्रतिशतले बढेको छ ।

नाफासँगै संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा पनि सुधार आएको छ ।

अघिल्लो आवको चौथो त्रैमासमा १२ करोड २९ लाख ७१ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी गत आवको सोही अवधिमा आईपुग्दा १४ करोड २१ लाख ४८ हजार रुपैयाँ रहेको छ ।

यस्तै सञ्चालन मुनाफा पनि अघिल्लो आवको चौथो त्रैमासमा ९ करोड ५४ लाख ९० रुपैयाँ रहेकोमा गत आवको सोही अवधिमा १० करोड ५१ लाख ११ हजार रुपैयाँ रहेको छ ।

६७ करोड १५ लाख २३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको संस्थाको जगेडा कोषमा १४ करोड ६६ लाख २८ हजार रुपैयाँ रहेको छ ।

संस्थाको खराब कर्जा ०.२५ प्रतिशतबाट घटेर ०.२९ प्रतिशतमा पुगेको छ ।
प्रतिसेयर आम्दानी ११ रुपैयाँ ७५ पैसा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १२१ रुपैयाँ ८४ पैसा रहेको छ ।


क्लिकमान्डु