नेपाल बैंकको नाफा २ अर्ब ५४ करोड, लाभांश क्षमता १९ प्रतिशत



काठमाडौं । नेपाल बैंकले २ अर्ब ५४ करोड रुपैयाँ गतवर्ष नाफा कमाएको छ ।

बैंकले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार गत वर्ष २०७६/७७ मा २०७५/७६ को तुलनामा नाफा केही घटेको छ । २०७५÷७६ मा बैंकको नाफा २ अर्ब ५९ करोड रुपैयाँ थियो ।

बैंकले सेयरधनीलाई बाड्न मिल्ने नाफा २ अर्ब २१ करोड रुपैयाँ कमाएको छ । यस आधारमा बैंकले सेयरधनीलाई १९ प्रतिशत लाभांश दिने क्षमता राख्छ । लेखापरिक्षण हुँदा यो विवरण फरक पर्छ । बैंकले अघिल्लो वर्ष कमाएको नाफाबाट नियामकिय व्यवस्थाको लागि राखेको पैसा फिर्ता आउने हुँदा सेयरधनीलाई बाड्न मिल्ने नाफा २ अर्ब २१ करोड भएको उल्लेख गरेको छ ।

नेपाल बैंकको असार मसान्तसम्ममा १ अर्ब ४२ करोड निक्षेप छ । अघिल्लो वर्षको असार मसान्तमा बैंकको निक्षेप १ अर्ब १७ करोड थियो । यस्तै कर्जा १ अर्ब ४ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष ९२ अर्ब रुपैयाँ थियो ।

बैंकको ब्याज कमिसन आम्दानी भने अघिल्लो वर्षको भन्दा घटेको छ । अघिल्लो वर्ष ७ अर्ब १८ करोड ब्याज आम्दानी गरेको नेपाल बैंकको यो वर्ष ब्याज आम्दानी ६ अर्ब ३६ करोड रुपैयाँ छ ।

बैंकको पूँजीकोष अनुपात १६.६८ प्रतिशत छ । यस्तै एनपिएल २.५९ प्रतिशत छ । कर्जा निक्षेप अनुपात ६५.७८ प्रतिशत रहेको नेपाल बैंकको बेसरेट ६.९९ प्रतिशतमा झर्दा स्प्रेडदर ३.७० प्रतिशत छ । बैंकको इपीएस २२ रुपैयाँ ६६ पैसा रहेको छ ।


क्लिकमान्डु