मुक्तिनाथ विकास बैंक र हाउस अफ ईन्टेरियर बीच सहकार्य



काठमाडौं । मुक्तिनाथ विकास बैंक र हाउस अफ ईन्टेरियर कम्पनी बीच सेवा शुल्क छुट सम्बन्धी सम्झौता भएको छ । बैंकका ग्राहकलाई कम्पनीले दिने सेवामा तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमेर ज्ञवाली र बैंकका तर्फबाट नायव सहायक प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्गले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात बैंकका ग्राहकहरूले हाउस अफ ईन्टेरियरका सेवा तथा अन्य ईन्टेरियर डिजाइनिङमा आकर्षक छुट पाउने छन् ।

हाल बैंकले हाल ४२ जिल्लामा १३८ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ ।


क्लिकमान्डु