सरकारी खातामा महालेखाको चासो, राष्ट्र बैंकले माग्यो विवरण
काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरु सरकारी खाताको विवरण माग गरेको छ । महालेखा नियन्त्रणको कार्यालयले सरकारी खाताको विवरण संकलन गर्न भनेपछि राष्ट्र बैंकले खाताको विवरण माग गरेको हो ।
बिहीबार राष्ट्र बैंकले सूचना जारी गर्दै महालेखाबाट माग भएको उल्लेख गरी वैदेशिक सहायता प्राप्त (विशेष खाता) भए/नभएको माग भएको हुँदा बैंकहरुले ७ दिनभित्र सोको विवरण पठाउनुपर्ने उल्लेख गरेको छ ।
साथै राष्ट्र बैंकले सरकारी कारोबार निर्देशीका बमोजिम छुटेका र स्विकृती बिना सञ्चालनमा रहेका विभिन्न मन्त्रालय अन्तर्गतका विभिन्न जिकायहरुको खाताको विवरण समेत माग गरेको छ । साथै सरकारी परियोजनाका बैंकहरुमा भएका ‘क’ वर्ग समूहमा पर्ने खाताहरुको विवरण समेत ७ कार्य दिनभित्र पठाउन राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई निर्देशन दिएको छ ।