राष्ट्रिय सहकारी बैंकको नाफा ३६.६९ % ले बढ्यो, खराब कर्जा घट्यो



काठमाडौं । राष्ट्रिय सहकारी बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म ६८ करोड १८ लाख ५२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ३६.६९ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमासमा ४९ करोड ८८ लाख २६ हजार रुपैयाँ रहेको थियो ।

बैंकको नाफासँगै खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा पनि सुधार आएको छ । अघिल्लो आवको चौथो त्रैमासमा खुद ब्याज आम्दानी ९२ करोड २२ लाख ६१ हजार रहेकोमा गत आवको सोही अवधिमा आईपुग्दा १ अर्ब १० करोड ७६ लाख ७६ हजार रुपैयाँ रहेको छ ।

यस्तै सञ्चाल मुनाफा ३३ करोड ८ लाख ७४ हजार रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा आईपुग्दा ४४ करोड ६३ लाख ८० हजार रुपैयाँ रहेको छ ।

२ करोड २२ करोड ३८ लाख ९९ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब ४ करोड ५० लाख १७ हजार रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा १.३४ प्रतिशतबाट घटेर ०.७० प्रतिशतमा रहेको छ ।


क्लिकमान्डु