राष्ट्र बैंकको ब्याज छुटको घोषणा कार्यान्वयन भएन,७१.६ % उद्योगी व्यवसायीले छुट पाएनन्



काठमाडौं । राष्ट्र बैंकले दिएको छुट १७.३ प्रतिशत उद्योगी व्यवसायीले मात्र उपयोग गरेका छन् । लकडाउनका आर्थिक प्रभावलाई न्यून गर्न राष्ट्र बैंकले दिएको ब्याज छुट ७१.६ प्रतिशत उद्योगी व्यवसायीले उपयोग गर्न नपाएको राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभाव सम्बन्धमा सर्वेक्षण गरेको थियो । जसमा ५२ जिल्लाका ६७४ उद्योगी/व्यवसायीहरु सहभागी भएका थिए । सहभागी उद्योगी व्यवसायीले दिएको विवरणअनुसार नेपाल राष्ट्र बैंकको निर्देशन अनुसारको ब्याज छुट सबै उद्योगी व्यवसायी नपाएका हुन् ।

जसमा सञ्चार क्षेत्रका उद्योग/व्यवसायहरुले यो सुविधा प्राप्त नगरेका र ११.१ प्रतिशत उद्योगी व्यवसायीलाई सो सुविधा लागू नै नभएको प्रतिवेदनले देखाएको छ ।

ब्याज छुट प्राप्त गर्नेमा सबैभन्दा धेरै ३५.१ प्रतिशत कृषि, वन तथा मत्स्यपालन क्षेत्रका र सबैभन्दा कम १०.१ प्रतिशत अन्य क्षेत्रका उद्योग÷व्यवसायहरु रहेको देखिएको छ ।

यद्यपि ब्याज छुटको त्रैमासिक समायोजन असार मसान्तमा मात्रै हुने भएकोले सर्वेक्षण समयताका ब्याज छुटको यथार्थ अवस्था नआएको राष्ट्र बैंकको भनाइ छ ।


क्लिकमान्डु