महासंघको निर्वाचनको मिति र मोडालिटी तय गर्न ६ सदस्यीय समिति गठन, १५ दिनको म्याद
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले साधारणसभा र निर्वाचनको मिति तय गर्नका लागि ६ सदस्यीय समिति गठन भएको छ । महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचनको मिति तथा मोडालिटी तयार गर्न समिति गठन गरेको हो ।
महासंघको कार्यकारिणी समितिको जुममा भएको बैठकले निर्वाचनको मिति र सञ्चालन मोडालिटीसम्बन्धी १५ दिनभित्र सुझाव पेशगर्ने गरीसमिति गठन गरेको छ ।
त्यसैगरी बैठकले साउन २६ र २७ गतेका लागि तय भएको निर्वाचन सार्ने यसअघिको निर्णयलाई अनुमोदन समेत गरेको छ ।
समितिमा जिल्ला तथा नगर उद्योग वाणिज्य संघको तर्फबाट डीबी बस्नेत र अ?णराज सुमार्गी, वस्तुगत संघको तर्फबाट बिनोद ढकाल र सुनिलगोपाल श्रेष्ठ तथा एशोसिएटबाट भरत आचार्य र रञ्जित आचार्य रहेको महासंघ स्रोतले जानकारी दिएको छ ।
‘महासंघको कार्यकारिणी समितिको निर्वाचन र साधारणसभा सम्पन्न गर्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ र एशोसिएटको तर्फबाट २÷२ जना कार्यसमिति सदस्य रहेको समिति बनाउने निर्णय भएको स्रोतले जानकारी दिएको छ ।
समितिले १५ दिनभित्र साधारणसभा तथा निर्वाचनको मिति र सञ्चालन मोडालिटी तयार गरी पदाधिकारी समितिमा पेश गर्ने, र पदाधिकारी समितिले उक्त मोडालिटीलाई कार्यकारिणी समितिमा पेश गर्ने र त्यही मोडालिटी अनुसार नेपाल सरकारसँग अनुमतीका लागि पत्राचार गर्ने स्रोतले बतायो ।
२०७६ साल चैत्र मसान्तभित्र सम्पन्न हुनुपर्ने महासंघको वार्षिक साधारणसभा र कार्यकारिणी समितिको निर्वाचन कोभिड १९ को महामारीका कारण अहिलेसम्म हुन सकेको छन् ।