सेयर बजारमा सुधार, जलविद्युत क्षेत्रका लगानीकर्तामा निरास



काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । नेप्से मापन गर्ने सूचक ७.५९ अंकले बढेर परिसूचक १४०३.८६ बिन्दुमा रोकिएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.४७ अंकले बढेर २९४.२४ बिन्दुमा रोकिएको छ ।

१९० कम्पनीको ५३ लाख ४२ हजार ८५१ कित्ता सेयर १ अर्ब २९ करोड २ लाख ५२ हजार २१३ रुपैयाँको सेयर कारोबार भएको छ ।

बजारमा बैंकिङ समूहको उपसूचक ७.०५, होटल ३३.७७, विकास बैंक ६.२४, निर्जीबन बीमा ४६.७१, माइक्रोफाइनान्स १५.७३ र जीवन बीमा समूहको उपसूचक ५८.७४ अंकले बढेको छ ।

कारोबार रकमको आधारमा प्रभु बैंकको संस्थापक सेयर अग्रस्थानमा रहेको छ । जसको ३४ करोड २९ लाख ६० हजार ५ सय रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रोमा क्रमशः नेपाल रि इन्स्योरेन्स १० करोड ४ लाख १७ हजार, नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ३२ लाख १४ हजार रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

सोमबारको कारोबारमा अजोड इन्स्यारेन्सको मूल्य १० प्रतिशतले बढेको छ भने आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था, नेपाल फाइनान्स लगायतका कम्पनीका लगानीकर्ताले कमाएका छन् भने दिव्यश्वरी हाईड्रोपावर, यूनियन हाईड्रोपावर, जोशी हाईड्रोपावर लगायत कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु