भारतका ३ वटा सरकारी बैंक निजीकरण गरिने



भारतमा ३ वटा सरकारी बैंकलाई निजीकरण गरिने भएको छ । भारतको नीति आयोगले तीन वटा सरकारी स्वामित्व भएका बैंकलाई निजीकरण गर्नका लागि प्रस्ताव गरिएको छ ।

जसमा पञ्जाल एन्ड सिन्ध बैंक, यूको बैंक र बैंक अफ महाराष्ट्रलाई निजीकरण गर्न आयोगले सुझाव दिएको हो ।

हाल भारतमा १२ वटा सरकारी स्वामित्वका बैंक सञ्चालनमा छन् । जबकी सन् २०१७ मा २७ वटा सरकारी बैंक सञ्चालनमा थिए ।

गत मे महिनामा आत्मनिर्भर भारत प्याकेजको घोषणा गर्दै त्यहाँकी वित्तमन्त्री निर्मला सितारमणले सरकारले छिट्टै नयाँ पब्लिक सेक्टर इन्टरप्राइजेज पोलिसी ल्याउने बताएकी थिइन् र साथै सबै क्षेत्रमा निजी क्षेत्र प्रवेशका लागि ढोका खोल्ने उनले बताएकी थिइन ।


क्लिकमान्डु