केपी ओलीको विकल्प कोही छैनः उद्योगमन्त्री लेखराज भट्ट



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प कोही नभएको बताएका छन् । स्थिर सरकारको नयाँ इतिहास रच्नका लागि पनि ओली नेतृत्वको सरकारलाई निरन्तरता दिनुपर्ने उनले जोड दिए ।

बहुमत स्थायी समिति सदस्यहरुले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने बताइरहेका बेला भट्टको यस्तो धारणा आएको हो ।

‘केपी शर्मा ओलीको विकल्प मैले देख्दिन, हामीले अहिलेसम्मको इतिहासलाई ब्रेक थ्रु गर्नुपर्छ । नयाँ इतिहास बनाउनुपर्छ । त्यो भनेको के हो भने ५ वर्ष सरकारको नेतृत्वलाई निरन्तरता दिनुपर्छ,’ उनले भने ।

पार्टीमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहालको बीचमा सहमति बाहेक अर्को विकल्प नभएको उल्लेख गर्दै मन्त्री भट्टले त्यसका लागि ओली नेतृत्वको सरकारलाई निरन्तरता दिनुपर्ने बताए ।

मन्त्री भट्टले पार्टीभित्र अहिले केपी प्रवृतिहरु खेल्न खोजेकाले त्यसलाई परास्त गरेर अगाडी बढ्ने विश्वास व्यक्त गरे । पार्टीको एकता महाधिवेशन सहमितमै हुने उल्लेख गर्दै भट्टले नेतृत्व समेत सहमति मै टुंगो लाग्ने बताए ।


क्लिकमान्डु