नबिल बैंकद्वारा स्क्यान एन्ड वीड्र सेवा शुभारम्भ



काठमाडौं । नबिल बैंकले ‘स्क्यान एन्ड वीड्र’ सञ्१चालनमा ल्याएको छ । बैंकले ग्राहकलाई नयाँ पद्धतीको बैंकिङ्ग सुविधा उपलब्ध गराउने उद्देश्यले स्क्यान एन्ड वीड्रको सुरुवात गरेको हो ।

स्क्यान एन्ड वीड्रमार्फत् ग्राहकहरुले चेकको प्रयोग नगरी क्यूआर कोड स्क्यान गरेर बैंक काउन्टरबाट दैनिक एकलाख सम्मको रकम झिक्न सक्ने बैंकले जनाएको छ । हाल सोे सेवा काठमाडौं उपत्यकाका सबै शाखाबाट उपलब्ध गराएको र चाँडै देशभरिका शाखाबाट सेवा उपलब्ध गराउने बैंकले जनाएको छ ।

ग्राहकले अब चेक/एटिएम कार्ड बोक्न बिर्सिएपनि मोबाइल बैंकिङ्ग ए्यापमा लग–ईन गरेर बैंक काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी आफ्नो खाताबाट रकम झिक्न सक्ने का कार्यकारी अधिकृत अनिल केशरी शाहले बताए । स्क्यान एन्ड वीड्रमार्फत् नबिल बैंकका ग्राहकले सहज र छिटो सेवा प्राप्त गर्ने बैंकले अपेक्षा गरेको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा सुरक्षित कारोबार गर्न र संक्रमणको जोखिम न्यूनिकरण गर्नका लागि बैंकले अपनाएको सो पद्धतीमार्फत् बैक कर्मचारी र ग्राहकको सम्पर्क सकेसम्म घटाएको बैंकले जानकारी दिएको छ ।

बैंकको हाल देशभर ११८ शाखाहरु र १७८ एटिएम काउण्टरहरु रहेका छन् ।


क्लिकमान्डु