सूनको मूल्य बढेर प्रतितोला १ लाख नजिक, चाँदीको मूल्य घट्यो



काठमाडौं । बुधबार सूनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएसँगै प्रतितोला १ लाख रुपैयाँ नजिक पुगेको छ ।

मंगलबारको तुलनामा सूनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको ९८ हजार ५ सय रुपैयाँ पुगेको छ । मंगलबार सून प्रतितोला ९८ हजार २ सय रुपैयाँमा बिक्री भएको थियो ।

यस्ता चाँदिको मूल्य भने घटेको छ । मंगलबारको तुलनामा बुधबार चाँदी तोलाको २० रुपैयाँले घटेर प्रतितोला १२२५ रुपैयाँमा किनबेच भएको छ । मंगलबार प्रतितोला १२४५ रुपैयाँमा किनबेच भएको थियो ।


क्लिकमान्डु