ब्रोकरलाई डाटा सेन्टरको क्षमता बढाउन नेप्सेको निर्देशन, ग्राहकलाई प्रभावकारी सेवा नदिनेप्रति नेप्सेको नजर



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ब्रोकरलाई नेप्सेबाट तोकिए बमोजिमको हार्डवेयर तथा सफ्टेवयरयुक्त डाटा सेन्टरको क्षमता बढाउने तथा प्राविधिक जनशक्ति बढाउन निर्देशन दिएको छ ।

अनलाइन ट्रेडिङ सिस्टम (नट्स)मार्फत कारोबार गर्न इच्छुक तथा कारोबार गरिरहेका लगानीकर्ताबाट पछिल्लो समयमा आएका जिज्ञासालाई सम्बोधन गर्न समेत निर्देशन दिएको छ ।

हाल अनलाइनमार्फत कारोबार गर्ने गरी सदस्य दलालबाट युजरनेम र पासवर्ड लिने लगानीकर्ताको संख्या ४० हजार पुगेको जनाएको छ ।

नेप्सेबाट सदस्य दलालका कार्यालयमा सुपरीवेक्षण तथा अनुगमन गर्दा केही सदस्य दलालले तोकिएका व्यवस्था नगरेका तथा ग्राहकलाई उचित सेवा प्रदान गरेको नदेखिएको भन्दै ती सदस्य दलाललाई देखिएका कमी कमजोरी तुरुन्त सच्चाएर लगानीकर्तालाई सहज सेवा उपलब्ध गराउन निर्देशन दिइएको छ ।

नट्समार्फत सहज कारोबार गर्न गराउन लगानीकर्ताहरुको नाम, ठेगाना, तीन पुस्ते नागरिकता नम्बर, बैक खाता, निक्षेप खाताहरुको यकिन विवरण राख्ने लगानीकर्तालाई अनलाइन सञ्चालन सम्बन्धी आधारभूत प्रशिक्षण दिने एवम कारोबारका क्रममा कनै समस्या आएमा तुरुन्तै समाधान गर्ने गरी सहायता कक्षको व्यवस्था गर्ने निर्देशन दिइएको छ ।

लगानीकतालाई अनलाईन कारोबार गर्न सिकाउन सदस्य दलालको कर्तव्य भएको भन्दै यस सम्बन्धी निर्देशिका नेप्सेले सदस्य दलालहरुलाई उपलब्ध गराएको छ । ग्राहकलाई अनलाईन कारोबार गर्ने गरी युजरनेम र पासवर्ड उपलब्ध गराउन अघि त्यसलाई सञ्चालन गर्ने तरिका बारे सदस्य दलालले लगानीकर्तालाई जानकारी दिनुपर्ने जनाएको छ ।

नेप्सेको वेवसाइटमा पनि नट्स सञ्चालन गर्ने सम्बन्धी जानकारीमुलक भिडियो पाठ्यसामग्री र राखिएको जनाएको छ ।

सदस्य दलालले लगानीकर्तालाई उपलब्ध गराएको ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) लाई सञ्चालन तथा व्यवस्थापन गर्ने प्रथम जिम्मेवारी सम्बन्धित सदस्य दलालको भएको सम्बन्धित सबैलाई स्मरण गराउँदै सदस्य दलालहरुबाट समस्या समाधान हुन सक्नेरनसक्ने यकिन गरेपछि मात्रै नेप्से सपोर्टमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

यसरी नेप्सेमा सम्पर्क गर्दा आफ्नो खास समस्या, नाम, ठेगाना, तीन पुस्ते, नागरिकता नम्बर, बैंक खाता, निक्षेप खाता, सदस्य दलालकोमा खोलिएको कारोबार खाताको यकिन विवरण पठाउनु पर्ने जनाएको छ ।

हाल लगानीकर्ताको सेयर खातामा पर्याप्त मौज्दात भए नभएको यकिन गरेर मात्रै आदेश प्रविष्ट हुन सक्ने व्यवस्था मिलाइएकोले लगानीकर्ता आफुले कारोबार गर्ने खाता (सदस्य दलालसँग खोलिने खाता) र सदस्य दलाललाई उपलब्ध गराएको सेयर निक्षेप खाता (डिपी एकाउन्ट) एउटै भएको सुनिश्चित गरेर मात्र कारोबार गर्ने गराउने गर्नुपर्छ ।

लगानीकर्ताले कारोबारका लागि उपलब्ध गराएको निक्षेप खाता फरक पर्न गएमा वा एकभन्दा बढी कारोबार खातासंग आवद्ध गराएमा खरिद आदेश प्रविष्ट गर्न नसकिने व्यहोरा जानकारी गराइन्छ ।

कारोबारमा हुने जोखिम न्यूनीकरणका लागि सदस्य दलालले लगानीकर्तालाई कुल कारोबार सीमा, कारोबार गर्ने सकिने धितोपत्रको सीमा र कारोबार गर्न सकिने रकमको सीमा गरी ३ किसिमका सीमा राखेका हुन्छन । त्यसले उल्लेखित समै खाले सीमाहरूका आधारमा आफु कारोबार गर्न योग्य भएको यकिन सम्बन्धित दलाल मार्फत लगानीकर्ताले गर्नपर्छ ।

कारोबारका लागि लगानीकर्ताले सदस्य दलाललाई उपलब्ध गराएको धितो (पेश्की/अग्रिम रकम)का आधारमा कारोबार सीमा निर्धारण हुने गर्दछ । कतिपय सदस्य दलालले पेश्की लिइसकेपछि पनि ग्राहकको सीमा अद्यावधिक नगर्दा ग्राहकले कारोबार गर्न नसकेको भेटिएको छ ।

यस सम्बन्धमा कुनै समस्या भए लगानीकर्ताले सम्बन्धित सदस्य दलाललाई सम्पर्क गरी समस्या अवगत गराउनु पर्ने जनाएको छ ।

धितोपत्र कारोबार सञ्चालन विनियमावलीको विनियम ८ मा सदस्य दलालले धितोपत्र खरिद गर्ने ग्राहकबाट कम्तिमा २५ प्रतिशत रकम अग्रिम रुपमा लिन सक्ने व्यवस्था भएको हुँदा सो व्यवस्थाको परिपालना गर्ने गराउने दायित्व सम्पूर्ण सरोकारवालाको हुन आउँने जनाएको छ ।

लागानीकर्ताले कारोबार गर्दै आएको साबिकको सदस्य दलाललाई छोडेर अर्को सदस्य दलालमार्फत कारोबार गर्न चाहेमा साबिकका सदस्य दलालसँग लेनदेन सम्बन्धि कुनै दायित्व भए सो फरफारक गरी नयाँ सदस्य दलालकोमा जानुपर्छ ।

लगानीकर्ताले साबिकको सदस्य दलालकोमा रहेको ट्रेडिड एकाउन्ट निष्क्रिय गरी नयाँ दलालमार्फत कारोबार गर्ने गराउने व्यवस्था मिलाउन नेप्सेलाई अनुरोध गरी (इमेल) पठाउनु पर्छ । कतिपय लगानीकतलि यस्तो अनुरोध पठाउँदा साविकको सदस्य दलाल तथा कारोबार खाता सम्बन्धी विवरण खुलाउने गरेको पाइदैन र अको सदस्य दलाल मार्फत कारोबार गर्न खोज्दा समस्या परेको देखिन्छ ।

कतिपय लगानीकर्ताले एउटा सदस्य दलालबाट अर्को सदस्य दलालमार्फत कारोबार गर्ने व्यवस्था मिलाउन सोझ नेप्सेलाई अनुरोध गरी पठाउने गरेको पाइएको छ । यस्तो अनुरोध सम्बन्धित सदस्य दलालमार्फत आउनु पर्ने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।

सदस्य दलाल ताथा ग्राहकाचीच रकमको लेनादेन विद्युतीय माध्यमबाट हुन सक्छ । नेपाल राष्ट्र बैंकले धितोपत्र कारोबारमा विद्यातीय माधयमबाट हने भुक्तानीको सीमा प्रति कारोबार १० लाख रुपैयाँ कायम गरेको छ, नेपाल क्लियरिछ यसको कनेक्ट आइपीएसमार्फत् दैनिक १ करोड़ रुपैयाँसम्म एनसिएचएल आइपीएसमार्फत् २० करोड रुपैयाँसम्म भुक्तानी गर्न सकिन्छ सकिने जनाएको छ । यसमार्फत लगानीकर्ताले सदस्य दलाललाई रकम पठाउन र सदस्य दलालबाट रकम प्राप्त गर्न सक्छन् ।

लगानीकर्ताले आफ्नो टिएमएसमा देखिएको सेयर मौज्दात हेरेर मात्र सेयर बिक्रीका लागि राख्नेतर्फ विशेष सजगता अपनाउनु पर्ने जनाएको छ ।

लगानीकर्ताले निक्षेप सदस्य परिचय नम्बर (बिओआइडी), सदस्य दलाल परिवर्तनका लागि आवश्यक प्रक्रिया पूरा गरी नेप्सेमा अनुरोध पठाएको भोलिपल्ट वा अर्काे कारोबार दिनमा मात्र यस सम्बन्धी परिवर्तन हुन्छ । यी व्यवस्थाहरु अनुरोध गर्ने बित्तिकै परिवर्तन भई तुरुन्तै कारोबार गर्न सकिदैन ।

नेप्सेले लगानीकर्ताको जानकारीका लागि समग्र बजार परिसूचकका रुपमा ‘नेप्से’ र अन्य समूहगत परिसूचक प्रकाशित गर्दै आएको छ ।

समय सापेक्ष रुपमा परिसूचकलाई परिमार्जन गर्ने तथा कारोबार गर्न सकिने वित्तीय औजारका रुपमा विकास गर्न नयाँ परिसूचकहरुको पनि अध्ययन भइरहेको छ ।

सरोकारवालाहरुले नेप्सेको वेभसाईट मार्फत कारोबार सम्बन्धी विवरण नसक्नु हुन्छ । नेप्सेको आधिकारिक वेवसाइटमा नयाँ वेभसाईटका डेटा रहेको जनाएको छ ।


क्लिकमान्डु