सूनको मूल्य अहिलेसम्मकै उच्च, नयाँ रेकर्ड कायम



काठमाडौं । नेपालमा सूनको मूल्यले आफ्नो रेकर्ड कायम गरेको छ । शुक्रबार सूनको मूल्य प्रतितोला ९५ हजार ८ सय रुपैयाँ रहेको छ ।

बिहीबार प्रतितोला ९४ हजार ५ सय रुपैयाँ रहेको सूनको मूल्य शुक्रबार प्रतितोला १३ सय रुपैयाँले बढेर ९५ हजार ८ सय रुपैयाँ पुगेको छ ।

यस्तै चाँदीको मूल्य पनि बढिरहेको छ । बिहीबार चाँदी प्रति तोला ११ सय ४५ रुपैयाँ रहेकोमा शुक्रबार प्रति तोला ११ सय ५० रुपैयाँ पुगेको छ ।

सूनको मूल्य नेपालमा मात्रै नभएर अन्तराष्ट्रिय बजारमा समेत निकै उच्च रहेको छ ।


क्लिकमान्डु