नेपाल-भारत व्यापार तथा लगानी अभिवृद्धिका विषयक वेवनार सम्पन्न



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघ (सीआइआई)द्वारा संयुक्तरुपमा आयोजित नेपाल–भारत व्यापार तथा लगानी अभिवृद्धि विषयक व्यवसायिक वेवनार छलफल कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासघका अध्यक्ष भवानी राणाले नेपाल भारतबीचको आर्थिक व्यवसायिक सम्बन्ध विस्तार माथि प्रकाश पार्दै उर्जावान जनशक्ति र प्राकृतिक स्रोत साधन दुबै देशको सबैभन्दा ठूलो शक्ति भएकाले यसको समुचित उपयोग मार्फत समृद्धिको यात्राका लागि सहकार्यमा जोड दिइन ।

कोभिड पश्चात विश्वको आर्थिक परिदृश्यमै आमुल परिवर्तन आउने भन्र्दै उनले आगामी दिनमा महासंघ र सीआईआईको सहकार्य अझ घनीभुत ढंगमा अगाडि बढनुपर्ने धारणा राखिन ।

यस्तै, कार्यक्रममा नेपालस्थित भारतीय राजदूतावासका द्वितिय वाणिज्य सचिव कपिध्वज प्रताप सिंहले आपसी लाभका क्षेत्रमा आगामी दिनमा सहकार्यलाई अझ बढी सशक्त ढंगबाट लैजानुपर्ने बताए । उनले त्यसका लागि भारतीय दूतावासका तर्फबाट सक्दो सहयोग हुने विश्वास दिलाएका छन् ।

यस्तै, सीआईआई साउथ एशिया कमिटिका सहअध्यक्ष एवं हाइड्रो विजनेस जीएमआर ग्रुपका सीओओ हरविन्दर मान्चोले कोभिड पश्चातको आपसी आर्थिक सहकार्य, व्यापार तथा लगानी विस्तारका लागि रणनीति तय गर्न कार्यक्रमले सहयोग पुग्ने विश्वास प्रकट गरे ।


क्लिकमान्डु