संचयकोषमा रकम जम्मा गर्नेले पाउने ब्याजदर १.२५% ले घट्यो, ८.२५ % ब्याजदरमा घरकर्जा



काठमाडौं । कर्मचारी संचय कोषले संचयकर्तालाई दिने ब्याजदर घटाएको छ । संचयकोषले संचयकर्ता र निवृतिमरण कोषमा हुने रकमको ब्याजदर ८.२५ प्रतिशत ब्याजदरबाट ७.२५ प्रतिशत झारेको हो ।

संचयकर्ताले पाउने ब्याजदर घटाएसँगै कोषले ऋणीको ब्याजदर समेत १.२५ प्रतिशत दरले घटाएको छ ।

४० लाखसम्मको घरकर्जामा अब ८.२५ प्रतिशत ब्याजदरमा ऋण पाउन सकिन्छ ।

४० लाखभन्दा बढीको ऋणमा ८.७५ प्रतिशत ब्याजदर रहेको छ । कर्मचारी शैक्षिक र घर मर्मत सापटीमा ८.५० प्रतिशत ब्याजदर रहेको छ भने सरल चक्रब्याज कर्जामा ९ प्रतिशत ब्याजदर रहेको छ ।


क्लिकमान्डु