शोधनान्तर स्थिति पौने २ खर्ब बचतमा



काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६÷०७७ को ११ महिनाको तथ्याङक सार्वजनिक गरेको छ । उक्त तथ्याङक अनुसार समीक्षा अवधिमा शोधनान्तर स्थिति १ खर्ब ७९ अर्ब ३७ करोडले बचतमा छ ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९० अर्ब ८३ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको एघार महिनासम्ममा ८० करोड ३१ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा १ अर्ब ५० करोडले बचतमा रहेको छ ।

यस्तै चालु खाता घाटा ७१.२ प्रतिशतले घटेर ७१ अर्ब ६४ करोड कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २ खर्ब ४९ अर्ब ८ करोड रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको एघार महिनामा २ अर्ब २० करोड चालु खाता घाटा रहेकोमा समीक्षा अवधिमा ६५ करोड ६४ लाख रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १३ अर्ब ५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १८ अर्ब ७२ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १३ अर्ब ८८ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ११ अर्ब ८० करोड रहेको थियो ।


क्लिकमान्डु