मूल्यवृद्धि नियन्त्रणमा, ४.५४ प्रतिशतमा सीमित



काठमाडौं । आर्थिक वर्ष २०७६÷७७ को ११ महिनामा आइपुग्दा मूल्यवृद्धि नियन्त्रणमा देखिएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.१६ प्रतिशत रहेको थियो ।

कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले शुरु गरेको लकडाउनको पहिलो महिना चैत महिनामा ६.७४ प्रतिशत मूल्यवृद्धि थियो भने बैशाखमा ५.८३ प्रतिशत थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.४१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फिती ३.८७ प्रतिशत रहेको छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत दाल तथा गेडागुडी, सुर्तिजन्य वस्तु, मसला, अल्कोहलिक पेय पदार्थ र फलफूल उपसमूहको मूल्यवृद्धि उच्च छ ।

समीक्षा महिनामा काठमाडौं उपत्यकामा ४.४३ प्रतिशत, तराईमा ४.८६ प्रतिशत, पहाडमा ४.१३ प्रतिशत र हिमालमा ४.३४ प्रतिशत मुद्रास्फिती छ । २०७६ जेठमा यी क्षेत्रमा क्रमशः ७.१० प्रतिशत, ५.८० प्रतिशत, ५.७० प्रतिशत र ६.४६ प्रतिशत मुद्रास्फिती रहेको थियो ।


क्लिकमान्डु