सुजन कार्कीले जिते सेलपेबाट सामसुङ ‘ग्यालेक्सी एस२०’



काठमाडौं । सेलकम प्रालिले ‘दिस २०२० गेट सामसुङ ग्यालेक्सी एस२०’ अफरको विजेता घोषणा गरेको छ । कम्पनीका अनुसार १९६१६८ नम्बरका कोड भएका सुजन कार्कीले उपहार प्राप्त गरेका हुन् ।

सेलपेका ग्राहकले न्यूनतम २० रुपैयाँको कुनै पनि कारोबार गरेपछि एउटा युनिक कोड नम्बर प्राप्त गरेको र सोही कोडका आधारमा भाग्यशाली ग्राहक छनोट गरिएको थियो । साथै कम्पनीका हरेक साता ७ जनाका दरले ३५ जना ग्राहकले पेलेस, एड्रेस लाउञ्ज, इनरजाइजर र एक्स एजबाट समेत उपहार पाएका थिए ।

अफर योजना अन्तर्गत साउन १ गते बिहीबार कम्पनीको फेसबुक पेजमार्फत ‘सेलपे गफ–गाफ मह जोडीसँग’को कार्यक्रमबाट लाइभमा लक्की ड्र गरिएको थियो ।


क्लिकमान्डु