अर्थतन्त्र उठाउन विश्वव्यापी सहयोगको खाँचोः उपाध्यक्ष प्रा. डा. कँडेल



काठमाडौं । राष्ट्रिय योजन आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कंडेलले
विश्वव्यापी महामारीको रुपमा फैलिरहेको ‘कोभिड-१९’ को कारण आर्थिक वृद्धि लगायत अर्थतन्त्रका सबै क्षेत्रहरुमा नकारात्मक असर परिरहेको बताएका छन् ।

उनले यसबाट माथी उठ्न आर्थिक स्थायित्व, बहुसरोकारवालाहरुसँगको साझेदारी र विश्वव्यापी सहयोगको आवश्यकता रहेको तर्क गरेका छन् ।

संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषदले उच्चस्तरीय राजनीतिक मञ्चको बैठकमा नेपालले दिगो विकास लक्ष्यको प्रगति समीक्षा सहितको दोस्रो स्वेच्छिक राष्ट्रिय समीक्षा प्रस्तुत गरेको छ ।

बैठकमा नेपालको समीक्षा प्रस्तुत गर्दै उपाध्यक्ष प्रा.डा. कंडेलले संघ, प्रदेश र स्थानीय तहमा कार्यान्वयन भईरहेको दिगो विकास लक्ष्यको प्रगति तथा नेपालले अवलम्बन गरेका असल अभ्यासका बारेमा जानकारी गराएका छन् ।

दिगो विकास लक्ष्यको २०१९ सम्मको कार्यान्वयन अवस्था तथा भावी योजनाहरुको बारेमा पनि जानकारी गराए ।

दिगो विकास लक्ष्यको ‘कसैलाई पछाडी नछोड्ने’ को आकाँक्षा अनुरुप नेपालले काम गरिरहेको र दिगो विकास लक्ष्यको कार्यान्वयन सम्बन्धमा नेपालले अवलम्बन गरेका कानूनी, नीतिगत तथा संरचनागत पक्षहरुको बारेमा जानकारी गराए ।

उपाध्यक्ष प्रा.डा. कंडेलले सामाजिक न्याय तथा वातावरणीय सन्तुलन सहित दिगो विकास लक्ष्यको आर्थिक आयाममा तीब्र विकास हासिल गर्नुपर्ने विषयमा जोड दिए ।

उच्चस्तरीय राजनीतिक मञ्चले दिगो विकासका लागि २०३० एजेण्डाको कार्यान्वयन, अनुगमन, र समीक्षाको लागि नेतृत्व, मार्गदर्शन र सिफारिशहरू प्रदान गर्ने गर्दछ ।

नेपालले पहिलो स्वेच्छिक राष्ट्रिय समीक्षा सन् २०१७ मा प्रस्तुत गरेको थियो । यस वर्ष नेपालसहित अन्य ४७ राष्ट्रहरुले स्वेच्छिक राष्ट्रिय समीक्षा प्रस्तुत गरिरहेका छन् ।

उच्चस्तरीय राजनीतिक मञ्चको यस वर्षको मुख्य विषय रहेको छ ।
यो समीक्षा प्रस्तुत गर्ने प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रिय योजना आयोगका उपाध्यक्ष कंडेलले गरेका छन् ।


क्लिकमान्डु