डिसहोममा डिलर दाईको डिस्काउन्ट अफरमा थप २ जना पाए एक/एक लाख



काठमाडौं । डिसहोमको डिलर दाइको डिस्काउन्ट अफर अन्तर्गत थप २ जनाले एक/एक लाख रुपैयाँ जितेका छन् ।

डिस्काउन्ट योजना अन्तर्गत लाइभ लक्की ड्रमार्फत २ जनाले असार १९ गतेदेखि २५ गतेसम्म एक साताका विजेता छनोट भएका हुन् । फन्ड ट्रान्सफरमार्फत् वार्षिक रिचार्ज गर्ने ग्राहकले लक्की ड्रमार्फत् नम्बर ७१९१३०९४८७७ र ७१९१४०८१९१५ का ग्राहकले जितेका हुन् ।

डिशहोमले संचालन गरेकोे डिलर दाईको डिस्काउन्ट अफरको व्यापक सफलता र ग्राहकहरुको अत्यधिक मागलाई ध्यानमा राखि यो अफरलाई निरन्तरता दिइने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले ग्राहकहरुको मागलाई ध्यानमा राख्दै अब अनलाइनमार्फत् ५ हजार वा सोभन्दामाथि रिचार्ज गर्ने ग्राहकहरुलाई पनि यो साप्ताही लक्की ड्रमा सहभागी हुन सक्छन् ।


क्लिकमान्डु