सिजीले ल्यायो गुगल सर्टिफाइड टेलिभिजन, यस्ता छन् विशेषता



काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले हालै नेपाली बजारमा एन्ड्रोइड टिभी भित्राएको छ । नेपालकै पहिलो पटक गुगलबाट मान्यताप्राप्त गर्न सफल एन्ड्रोइड टिभी सिजीले आफ्नो नेपाली ब्राण्डमा ल्याएकोे छ ।

गुगल एन्ड्रोइड टिभी स्मार्ट टेलिभिजनका लागि गुगलद्वारा बनाइएको एक विशेष संस्करणको एन्ड्रोइड अपरेटिंग सिस्टममा चल्ने स्मार्ट टेलिभिजन हो । गुगल एन्ड्रोइड टिभीको सफ्टवेयर र प्रोग्राम अपडेट गर्नेदेखि सम्पूर्ण सफ्टवेयरको समस्या समाधान गुगलले नै गर्ने गर्दछ ।

गुगल एन्ड्रोइड टिभीमा एन्ड्रोइडको नयाँ संस्करण एन्ड्रोइड पाई ९ प्रयोग भएको छ । बेजल लेस युक्त यो टिभी धेरैभन्दा धेरै विशेषताले भरीपूर्ण भएको कम्पनीको दाबी छ ।

गुगलबाट मान्यता प्राप्त भएको कारण अब तपाई यो टिभीको माध्यमबाट हरेक काम सजिलैसँग गर्न सकिन्छ । अब यो टिभी आफ्नो बजेट अनुरुप विभिन्न साइजमा पाइने समेत कम्पनीको भनाइ छ ।

टिभी ३२ इञ्च देखि ७५ इन्चसम्ममा उपलब्ध छ । साथ साथै यो टिभीसँगै एउटा भ्वाइस कन्ट्रोल रिमोट पनि उपलब्ध गराएको छ । यो रिमोटको सहायताले हामी बोलेरै लेख्न, अवाज कम वा बढी गर्न, टिभी बन्द गर्न आदि जस्ता थुप्रै काम गर्न सकिन्छ ।

यसको प्रमुख विशेषतामा गुगल असिस्टेन्ट हो । जसको मद्दतले तपाईले बोलेर टिभीलाई नियन्त्रण गर्ने, इन्टरनेटमा जानकारी खोजी गर्ने, मौसमको पूर्वानुमान थाहा पाउने, आफ्नो नजिकै रहेको रेस्टुरेन्ट, सिनेमा हल, पेट्रोल स्टेशन, बाइकमर्मत केन्द्र पत्ता लगाउने, नयाँ ठाउँ को बाटो पत्ता लगाउने आदि इत्यादी गर्न सकिन्छ ।

त्यस्तै अर्को प्रमुख विशेषतामा क्रोमकास्ट छ । यस गुगल एन्ड्रोइड टिभीमा रहेको क्रोम कास्टको प्रयोगले तपाईंले आफ्नो मोबाइलबाट मनपर्ने भिडियोहरू, गेम टिभी स्क्रिनमा हाई क्वालिटीमा हेर्न सकिन्छ ।

कास्ट बटनको केवल एक प्रयोगले युट्यूव, फेसबुकको भिडियो टिभी स्क्रिनमा हेरी मजा लिन सक्नुहुन्छ । त्यसैगरी गुगल प्लेस्टोरको माध्यबाट नयाँ नयाँ एप र गेम डाउनलोड गरी प्रयोग गर्न सकिन्छ ।

गुगल प्ले मुभिज र टिभी, गुगल प्ले गेमस् जस्ता थुप्रै विशेषताहरु यस टिभीमा रहेको छ । यस गुगल एन्ड्रोइड टिभीमा २ जीबी र्याम र १६ जीबी रोमको प्रयोग गरिएको छ ।

त्यसैगरी अर्को डल्बी डिजिटल साउण्डको प्रयोग गरिएको छ । जुन डल्बी ल्याब्सद्वारा बनाइएको मल्टी च्यानल अडियो कोडेक हो जसले सिनेम्याटिक सराउण्ड साउण्डको अनुभव प्रदान गर्दछ ।

कम्पनीले यो टिभीमा ३ वर्षको वारेण्टी प्रदान गरेको छ ।


क्लिकमान्डु