पेट्रोल पम्पका लागि परेका हजार बढी आवेदन रद्द, निवेदन शुल्क फिर्ता लिन आह्वान



काठमाडौं । नेपाल आयल निगमले पेट्रोल पम्पका लागि परेका सबै निवेदन रद्द गरेको छ ।

यसअघि निगममा पेट्रोल पम्पको लागि परेका १ हजार २५ आवेदन रद्द गरेको हो ।

नयाँ विक्रेताका लागि पर्न आएका निवेदनहरु जनसंख्या, भूगोल, सवारी साधनको संख्या एवं सड़क घनत्वका आधारमा नपरेका कारण रद्द गर्नु परेको निगमको भनाइ छ ।

प्राप्त निवेदनहरु एकै स्थानमा बढी भएको, लागत लाभ, विद्यमान निगमको भौतिक पूर्वाधार तथा जनशक्ति तथा निगममा प्रविधिको प्रयोग न्यून रहेको वर्तमान अवस्था र नयाँ विक्रेताका लागि प्राप्त धेरै जसो निवेदनहरु हाल पेट्रोल पम्प भई रहेको ठाउँहरुमा परेकोले यथास्थितिमा नयाँ विक्रेताहरु नियुक्त गर्दा उपयुक्त नहुने परिस्थिति देखिएको निगमले जनाएको छ ।

प्राप्त आवेदनहरु रद्द भएसँगै निगमको सम्बन्धित कार्यालयमा सम्पर्क गरी जम्मा गरेको निवेदन शुल्क आवश्यक प्रक्रिया पुऱ्याएर फिर्ता लैजान समेत आग्रह गरेको छ ।


क्लिकमान्डु