थप ७० जनामा कोरोना संक्रमण पुष्टि, ४३१ जना डिस्चार्ज



काठमाडौं । कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा थप ७० जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ३ हजार ६४८ जनाको नमुना परीक्षण गर्दा ७० जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै संक्रमितको संख्या १६ हजार ७१९ पुगेको छ

यस्तै ४३१ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै कोरोनाभाइरस संक्रमणमुक्त हुनेको संख्या ८ हजार ४४२ पुगेको हो ।


क्लिकमान्डु