पेट्रोल, डिजल र मट्टितेलको फेरि बढ्यो



काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाएको छ । लकडाउनमा मूल्य घटाएको निगमले लकडाउन खुकुलो भएपछि दोस्रो पटक मूल्य बढाएको हो ।

निगमका अनुसार शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँका दरले मूल्य बनाइएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १०२ रुपैयाँ तथा डिजल र मट्टितेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ पुगेको छ ।

हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ ।


क्लिकमान्डु