डिसहोमले ‘डिलर दाईको डिस्काउन्ट अफर’लाई निरन्तरता दिने



काठमाडौं । डिसहोमले डिलर दाईको डिस्काउन्ट अफरलाई निरन्तरता दिने भएको छ । अफरको व्यापक सफलता र ग्राहकहरुको अत्यधिक मागलाई ध्यानमा राखी कम्पनीले अफरलाई निरन्तरता दिने जानकारी दिएको हो ।

२०७६ फागुन २ गते देखि शुरु भएको डिलर दाईको डिस्काउन्ट अफर ४४ हप्ताका लागि सञ्चालन हुने भनिए पनि ग्राहकको अत्यधिक मागका कारण अफर जारी रहने भएको हो ।

डिशहोमको देशभर रहेको बिक्रेता वा नजिकैको डिलरमार्फत् फन्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्दा साप्ताहिक ड्रमा सहभागी हुन पाइनेछ । हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिसहोमको सोकेस च्यानल नम्बर १००, सोकेस २ च्यानल नम्बर १०१ र रमाइलो टिभीमा लाइभ लक्की ड्र रमाइलो टिभीमा लाइभ लक्की ड्रमार्फत २ जना भाग्यशाली बिजेता छनौट हुनेछन् ।

यो योजनाअनुसार २ जना भाग्यशाली विजेताले प्रतिव्यक्ति १ लाख रुपैयाँ नगदप्राप्त गर्नुहुनेछ । फन्ड ट्रान्सफरबारे अधिक जानकारीका लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ ।

ग्राहकहरुको मागलाई ध्यानमा राख्दै अब अनलाइनमार्फत ५ हजार वा सोभन्दामाथि रिचार्ज गर्ने ग्राहकलाई पनि यो साप्ताहिक लक्की ड्रमा सहभागी गराइने कम्पनीले जानकारी दिएको छ ।


क्लिकमान्डु