पछिल्लो २४ घण्टामा ११८ जना थपिए कोरोना संक्रमित, कुल संख्या १६ हजार ६४९ पुग्यो



काठमाडौं । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा शुक्रबार  ११८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यसरी हालसम्म नेपालमा कुल कोरोना संक्रमितको संख्या १६ हजार ६४९ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार हालसम्म उपचारपछि निको हुने कोरोना संक्रमितको संख्या ८ हजार ११  जना पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै १२० जना उपचारपछि निको भएका छन् । संक्रमितमध्ये उपचारपछि निको हुनेहरू ४८.१ प्रतिशत हो ।

हालसम्म पीसीआर परीक्षण २ लाख ७५ हजार ९५१ पुगेको छ भने  हाल आइसोलेसनमा ८ हजार ६०३ कोरोना संक्रमित छन् भने आरडीटी परीक्षण ३ लाख १२ हजार ४०२ पुगेको छ । हाल क्वारेन्टिनमा २३ हजार ९१० जना छन् । हालसम्म ३५ जनाको मृत्यु भएको छ ।

त्यसैगरी ५ सयभन्दा बढी संक्रमित हुने ६ वटा जिल्ला छन् । जसमध्ये महोत्तरी, राैतहट, पाल्पा, अछाम, कैलाली र बाजुरा छन् । त्यसैगरी कोरोनामुक्त जिल्ला ६ वटा छन् । जसमध्ये धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ, मनाङ र हुम्ला छन् ।


क्लिकमान्डु