शिक्षामन्त्रालयको समन्वय समितिमा इक्यान र फेकनबाट ३ जना नियुक्त



काठमाडौं । शैक्षिक परामर्श क्षेत्रसँग गर्नका लागि शिक्षामन्त्रालयले गठन गरेको समन्वय समितिमा इक्यानका अध्यक्ष प्रकाश पाण्डे तथा फेकनका अध्यक्ष युवराज कटवाल र वरिष्ठ उपाध्यक्ष गीता रिजाल २ वर्षे कार्यकालका लागि नियुक्त भएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको गत असार १८ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धि निर्देशिका २०७३ को ११ (३) मा भएको व्यवस्थाअनुसार समन्वय समितिमा २ वर्षको कार्यकालका लागि इक्यान र फेकनबाट ३ जना नियुक्त भएका हुन् ।

शिक्षामन्त्रालयसँग समन्वय गरी शैक्षिक परामर्श क्षेत्रको विकासका लागि कार्यसमितिले काम गर्नेछ ।

शैक्षिक परामर्श संघ नेपाल (इक्यान) र स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) शैक्षिक परामर्श संस्थाका छाता संघ हुन् । वर्तमान समयमा कोरोनाको महामारीले निम्त्याएको संकट र यसबाट एजुकेशन कन्सलटेन्सी क्षेत्रमा परेको समस्याबारे पनि समितिले छलफल तथा बहस गर्नेछ ।


क्लिकमान्डु