एनआईसी बैंकले असारसम्म साँवा र ब्याज चुक्ता गर्नेलाई कर्जामा ९.९९% ब्याजदर कायम गर्ने



काठमाडौं । एनआईसी एसिया बैंकले असार मसान्तसम्म साँवा तथा ब्याजको बक्यौता रकम चुक्ता गर्नेलाई साउन १ गतेदेखि ९.९९ प्रतिशत ब्याजदर कायम गर्ने भएको छ ।

कोरोनाका कारण ऋणीमा परेको असर न्यूनिकरण गर्नका लागि राष्ट्र बैंकले निर्देशन कार्यावयन गर्दै एकल अंकमा ब्याजदर कायम गर्ने निर्णय भएको जानकारी दिएको छ । यसका लागि असार मसान्तसम्म कर्जाको साँवा र ब्याज चुक्ता भुक्तानी गर्नुपर्ने समेत उल्लेख गरेको छ ।

बैंकले सहज तथा सबल बैंकिङको मूल सिद्दान्तअनुरुप बैंकबाट कर्जा उपभोग गरिरहेका र भविष्यमा जोडिन चाहने ग्राहकको आवश्यकता महशुस गरी कर्जा सम्बन्धी सल्लाह, सुझाव तथा गुनासो वा जिज्ञासाआदिको उचित समयमा प्रभावकारी तवरले समाधान तथा निराकरण गर्ने हेतुले एकद्वार प्रणालीको व्यवस्था गरेको जानकारी दिएको छ । यसका लागि बैंकले ‘कर्जा सहायता केन्द्र’ को स्थापना गरेको छ ।

बैंकको मुलुकभर ३२६ शाखा कार्यालय, ४६४ एटिएम, १०१ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखा छन् । २१ लाखभन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोड रुपैयाँभन्दा बढी राजश्व सरकारलाई भुक्तानी गरेको उल्लेख गरेको छ ।


क्लिकमान्डु