सरिता गिरीलाई कारबाही गर्न कार्यदलको सिफारिस
काठमाडौं । समाजवादी पार्टीले गठन गरेको कार्यदलले सरिता गिरीलाई कारबाही गर्न सिफारिस गरेको छ । सोही सिफारिसअनुसार पार्टीले निर्णय गरेमा गिरी पार्टीबाट निष्काशित हुनेछिन् भने सांसद पनि कायम रहने छैन ।
सरकारले भारतले अतिक्रण गरेको नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर बनाएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधिान संशोधन विधेयकमा गिरीले संशोधन प्रस्ताव दर्ता गरेकी थिइन् ।
पार्टीले प्रस्ताव फिर्ता लिन र विधेयकको पक्षमा मतदान गर्न निर्देशन दिए पनि उनले मानेकी थिइनन् ।
गिरीबारे छानबिन गर्न समाजवादी पार्टी महासचिव रामसहायप्रसाद यादवको नेतृत्वमा ३ सदस्यीय कार्यदल गठन गरेको थियो ।