एक्जिम कोडको नविकरण अवधि बढाउनुपर्ने नाडाको माग



काठमाडौं । नाडा मोबाइल्स एसोसिएसन नेपाल (नाडा)ले एक्जिम कोड नविकरणको म्याद थप गर्नुपर्ने माग गरेको छ । मंगलबार नाडा अध्यक्ष कृष्णप्रसाद दुलालले भन्सार विभागका महानिर्देशक सुमन दाहाललाई भेट गरी एक्जिम कोड नविकरणको म्याद असोज मसान्तसम्म कायम गर्नका लागि माग गरे ।

बन्दाबन्दी कायम रहेको र सडकमा जोर–बिजोरको सवारी साधन सञ्चालनमा रहेको अवस्थामा सर्वोच्च अदालतले जिरो आवरको घोषणा गरेकाले नविकरण गर्न नसक्ने दुलालको तर्क छ ।

‘नेपालमा ३० हजार व्यावसायीक कम्पनी एक्जिम कोडमा दर्ता रहे पनि १५ सय कम्पनीले मात्रै नविकरण गरेकाले सबैले निर्धारित समयवधिभित्र नविकरण गर्न सक्दैनन् । त्यसैले नविकरणको गर्ने बढाउनु पर्छ,’ उनले भने ।

हाल एक्जिम कोड नविकरण गर्ने म्याद आसार मसान्तसम्म मात्र छ ।

छलफलमा दुलाललगायत नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य तथा रोजगार दाता समितिका उपसभापति भरतराज आचार्य, नाडाका एशोसिएशन सचिव सुरेन्द्र प्रधान तथा नेपाल उद्योग वाणिज्य महासंघका अधिकृत लोकराज जोशी उपस्थित थिए ।


क्लिकमान्डु