आधिकारिक भुक्तानी प्रदायकसँग मात्र सहकार्य गर्न राष्ट्र बैंकको निर्देशन



काठमाडौं । नेपाल राष्ट्र बैंकले जुनसुकै भुक्तानी प्रदायक संस्थासँग सहकार्य नगर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकले तोकेको भुक्तानी प्रदायक संस्थासँगमात्र सहकार्य गर्नगर्नु पर्नेछ ।

केन्द्रीय बैंकबाट सञ्चालनको अनुमति नलिएका डिजिटल भुक्तानी संस्थालाई भुक्तानी पार्टनरका रुपमा लिएर कारोबार गरेको ठहर गरी सो निर्देशन जारी गरेको हो ।

राष्ट्र बैंकले शुक्रबार एक परिपत्र जारी गर्दै ‘बैंक तथा वित्तीय संस्थाले भुक्तानी सेवा सञ्चालन गर्न डिजिटल पेमेन्ट पाट्नरको रुपमा अन्य संस्थासँग आवद्धता गर्नु पर्दा यस बैंकबाट अनुमति प्राप्त गरेका संस्थासँग मात्र गर्न/गराउन आवश्यक जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

केही बैंक तथा वित्तीय संस्थाले यस बैंकबाट भुक्तानी सम्बन्धी कार्य गर्न अनुमति नलिएका संस्थालाई समेत डिजिटल पेमेन्ट पार्टनरका रुपमा आबद्ध गरी भुक्तानी सेवा सञ्चालन गरे÷गराएको भन्ने विभिन्न माध्यमबाट जानकारी आएको कारणले सो निर्देशन गरिएको राष्ट्र बैंकले जनाएको छ ।


क्लिकमान्डु