सनराइज बैंकले श्वेताश्री फाउन्डेसनलाई दियो ५ लाख सहयोग



काठमाडौं । सन्राइज बैंकले सिन्धुपाल्चोकका भूकम्प पीडित माझीलाई एकीकृत बस्ती निर्माण गर्दै आएको श्वेता श्री फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग गरेको छ ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त परोपकारी फाउन्डेशनलाई सहयोग गरेको हो ।

शुक्रबार एक कार्यmमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले श्वेता श्री फाउन्डेशनलाई चेक हस्तान्तरण गर्दै फाउन्डेशनले गरेको कामको प्रशंसा गरे ।

उनले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको र विश्वव्यापी कोभिड–१९ को कठिन घडिमा पनि यस्ता कार्य गर्दै आएको बताए । आगामी दिनमा पनि अन्य सामाजिक कार्यहरु गरिरहने उनले बताए ।

नायिका श्वेता खड्काले फाउन्डेशनलाई विश्वास गरेकोमा सनराइज बैंकप्रति कृतज्ञता जनाइन् । फाउन्डेशले नायक स्वर्गिय कृष्ण श्रेष्ठको सम्झनामा २०७३ फागुन १५ देखि सिन्धुपाल्चोकको माझी बस्तीमा कुल ५३ वटा आधुनिक र सुविधासम्पन्न घरहरु निमार्ण शुरु गरेको छ ।


क्लिकमान्डु