निम्न आय भएको देशबाट नेपाल निम्न मध्य आय भएको देशमा परिवर्तन



काठमाडौं । आम्दानीको मामलामा नेपालले एक स्थान सुधार गरेको छ । विश्व बैंकले नेपाललाई निम्न आय भएको देशबाट निम्न मध्यम आय भएको देशमा परिवर्तन गरेको छ ।

नेपालीको औसत आम्दानी बढेपछि नेपालको हैसियत अब निम्न आएको देशमा पर्दैन । नेपालीको औसत आम्दानी १ हजार ९० डलर पुगेपछि निम्नबाट निम्न मध्यममा पुगेको हो ।

एकवर्षमा नेपालीहरुको औसत आम्दानी १३० अमेरिकी डलरले परिवर्तन भएको छ । सन् २०१९ मा ९६० अमेरिकी डलर रहेको नेपालीको औसत आम्दानी सन् २०२० मा १०९० अमेरिकी डलर पुगेको छ ।


क्लिकमान्डु