महासंघ बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको मागः बैंकको ब्याजदर ५ प्रतिशतले तल झर्नुपर्छ



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बैंकहरुले एकै पटक नसकेपनि क्रमैसँग बैंक ब्याजदर ५ प्रतिशतमा झार्नुपर्ने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) र बैंक तथा वित्तय संस्था परिसंघ नेपालको संयूक्त आयोजनामा आगामी मौद्रिक नीतिको बारेमा आयोजित पूर्व छलफल कार्यक्रम यस्तो बताएका हुन् ।

उनले ब्याजदर घटेको खण्डमा मात्रै उद्योगी व्यवसायी सहजै रुपमा चल्ने सक्ने र प्रतिस्पर्धामा जान सक्ने धारणा राखे ।

बैंकले सबै उपभोक्तालाई असार मसान्तमा नै तिर्नु भन्दा चुनौती बढेको बताए ।

कार्यक्रममा उनले पुनरकर्जा साना र मझौला व्यवसायीले कसरी प्रयोग गर्छन भन्नेमा चिन्ता रहेको भन्दै उनीहरुको हितमा हुने गरी जानुपर्ने दाबी गरे ।

पुनरकर्जा ५ प्रतिशत नै पाउनु पर्ने र देशभर रहेका साना र मझौता व्यवसायीले बैंक मार्फत यसको उपभोग गर्ने बातावरण बनाउन सुझाव दिएका छन् ।

अहिले उद्योगी व्यवासयीले श्रमिकको व्यवस्थापन, विद्युतको महशुल र स्टिुमुलस प्याकेजको लागि माग राखेको र केही माग पुरा हुने क्रममा रहेको पनि उल्लेख गरे ।

कार्यक्रममा नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष अनुज अग्रवालले बैंकको ब्याजदर आगामी २ देखि ३ वर्षको लागि एकै ब्याजदर कामय गर्नुपर्ने बताए ।

उनले बैंक ब्याजमा सहुलियत नपाएको खण्डमा ५० प्रतिशतले उद्योग व्यवसाय चलाउन नसक्ने तर्क गरे ।

उनले बैंकलाई लोन लस प्रोभिजनलाई खुकुलो पार्न सुझाव दिए । रि– फाइनान्स तत्काल कार्यान्वयनमा ल्याउन पनि सुझाव दिए ।
उनले असार मसान्तसम्म बैंकको ब्याज तिर्न नसक्ने अवस्था रहेको पनि जानकारी गराए ।

४/५ वर्षअघि देखि हेजिङ आउने भन्ने चर्चा रहेपनि अब आउनु पर्ने र त्यो आएको खण्डमा लगानी भित्र्याउन सजिलो हुने धारणा राखे ।


क्लिकमान्डु