लकडाउन खुकुलो भएसँगै राजस्व अनुसन्धान विभाग एक्सनमा, नक्कली भ्याटबिल बनाउनेलाई मुद्दा दायर



काठमाडौं । लकडाउन खुकुलो भएसँगै राजस्व अनुसन्धान विभाग राजस्व छली नियन्त्रणका लागि एक्सनमा उत्रेको छ ।

विभागले बुधबार राजस्व छली विरुद्द विभिन्न व्यवसायिक फर्मलाई मुद्दा दायर गरेको छ ।

विभागले नक्कली भ्याट बिल प्रयोग गरेको आरोपमा विभिन्न फर्मलाई ४० करोड रुपैयाँ बिगो कायम राखेर उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

विभागले काठमाडौं महानगर वडा नम्बर २५ को न्यू सागर प्लास्टिक कन्सर्नका प्रोपाइटर सागर किजुलाइ ३२ करोड बिगो कायम राखेर मुद्दा दर्ता गरेको छ ।

यस्तै नक्कली भ्याटबिल प्रयोग गरेको आरोपमा बिकोई स्काई बंगलामुखी जेभीका संचालक रोशनकुमार श्रेष्ठलाई ८ करोड बिगो राखेर मुद्दा दायर गरेको छ ।

यस्तै विभागले भारतीय नागरिक अब्दुल मजिद र लुक्मान्युल हकिमलाई ६ किलो २८९ ग्राम सुन चोरी पैठारी गरेको आरेपमा ४ करोड २२ लाख रुपैयाँ बिगो कायम राखेर उच्च अदालत हेटौडामा मुद्दा दर्ता गरेको छ ।

यस्तै भारतीय नागरिक शविकुमार शर्मा र पप्पुकमारलाई विदेशी मुद्रा अपचलन गरेको आरोपमा १ करोड ७५ लाख बिगो कायम राखेर उच्च अदालत बिराटनगरमा मुद्दा दायर गरेको छ ।


क्लिकमान्डु