बुधबार ४८२ जना थपिए कोरोना संक्रमित, थप १ हजार ४६२ जना निको भए



काठमाडौं । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५२२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यसरी हालसम्म नेपालमा कुल कोरोना संक्रमितको संख्या १४ हजार ८६ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार हालसम्म उपचारपछि निको हुने कोरोना संक्रमितको संख्या ४ हजार ६५६ जना पुगेको छ । जसमा पछिल्लो २४ घण्टामा मात्रै १ हजार ४६२ जना उपचारपछि निको भएका छन् ।

हाल आइसोलेसनमा ९ हजार ३६० कोरोना संक्रमित छन् भने क्वारेन्टिनमा ४८ हजार ३६२ जना छन् । हालसम्म नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ३० छ ।

मन्त्रालयका अनुसार थप १० वटा पीसीआर परीक्षण गर्ने प्रयोगशाला बढाउने तयारी गरिएको छ ।  हाल २३ वटा प्रयोगशालाबाट परीक्षण भइरहेकोमा थप १० थरी ३३ वटा प्रयोगशालाबाट परीक्षण गरिने मन्त्रालयले जानकारी दिएको छ । साथै दैनिक १० हजारका दरले परीक्षण गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


क्लिकमान्डु