एनएमबि बैंकले आइएफएसीबाट भित्राएको ३ अर्ब रुपैयाँ



काठमाडौं । एनएमबि बैंकले अन्तर्राष्ट्रिय वित्त निगम(आइएफसी)बाट पुनः कर्जा सुविधा अन्तर्गत २ करोड ५० लाख अमेरिकी डलर (३ अर्ब नेपाली रुपैयाँ) भित्राएको छ ।

एनएमबि दुई वर्षको अवधिमा आइएफएसीबाट लगातार दुईपटक कर्जा प्राप्त गर्ने नेपालको एकमात्र बैंक भएको छ । यो बैदेशिक लगानी हालको परिदृश्यमा वाणिज्य बैंकलाई प्रदान गरिएको पहिलो अन्तर्राष्ट्रिय लगानी हुनेछ ।

उक्त समझदारीमा एनएमबि बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र आइएफसीका एक्टिङ्ग रेजिडेन्ट रिप्रिजेन्टेटिभ सन्तोष पाण्डेबीच हस्ताक्षर सम्पन्न भएको छ ।

यस वित्तीय समझदारीले कोभिड १९ को कारणले आइपरेको कठिनाइको बीचमा साना तथा मझौला उद्यमी वर्गको लागि आवश्यक कर्जाको आपुर्ति गर्नुका साथै र नयाँ उद्यमीलाई पनि प्रोत्साहित गर्ने, कर्जा प्राथमिकताका क्षेत्रहरु विशेष गरी साना तथा मझौला कर्जा र हरित परियोजनाहरुको सशक्तिकरणमा सघाउ पुर्याउन सदुपयोग गरिने बैंकले जनाएको छ ।


क्लिकमान्डु